
म्याग्दी । म्याग्दीको खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै स्थानीयले सामुहिक रुपमा मौलो पूजा गरी टीका ग्रहण गरेका छन् ।
बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक तथा सामरिक महत्वले युक्त खड्गभवानी कोतमा घटस्थापनादेखि वडादशैंको दिनसम्म दुर्गा भवानीको पूजा अर्चना गरी कोत परिसरमा रहेको शक्तिको प्रतीक मौलोमा दही र अक्षता चढाएर समृद्धि र सहकालको कामना गर्दै स्थानीयले प्रसाद स्वरुप टीका ग्रहण गरेका हुन् ।
नेपाल एकिकरण हुनुपूर्व तत्कालिन पर्वत राज्यअन्तर्गत पर्ने ऐतिहासिक तथा सामरिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको खड्गभवानी कोतमा परम्परादेखि नै दुर्गा भवानीको पूजा आराधना हुँदै आएको हो । यहाँ सप्तमीदेखि नवमीको दिनसम्म बलीसहित शक्ति स्वरुपा नवदुर्गा भवानीको विशेष पूजा अर्चना गर्ने परम्परा रहिआएको छ ।
प्रतिक्रिया दिनुहोस्