१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अरिंगालको टोकाइबाट दिदी-बहिनीको मृत्यु


0
Shares

डोटी, कात्तिक १२ । डोटीको सायल गाउँपालिका–१, छपालीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घरनजिकैको रुखमा बसेको अरिँगालले टोकेर गम्भीर घाइते भएका दुवै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयबासी प्रेमबहादुर नेपालीले जानकारी दिनुभयो ।