
सोलुखुम्बु, कात्तिक १२ । कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने सरकारी निर्णयविरुद्ध सुरु गरिएको ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’ अभियान बुधबार सगरमाथाको फेदीमा पुगेको छ ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका नेपाल विद्यार्थी संघका नेता दुजाङ शेर्पाको टोलीले सगरमाथाको फेदीमा विरोध प्रदर्शन गरेको हो ।
पाँच हजार ३५७ मिटर उचाइमा रहेको गोक्योरीमा उनीहरूले सरकारविरुद्ध प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।
‘तपाईंको उपचार गर्दा हामी सबै चुप, जनताको उपचार गर्दा भाग्न पाइन्छ ?’ ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’ र ‘कोरोना कहरमा उपचारदेखि अन्त्येष्टिसम्म सरकार भाग्ने, नागरिकले करचाहिँ किन तिर्ने ?’ लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
महामारीका बेलामा जिम्मेवारीबाट भागेको सरकारबारे विश्वले थाहा पाओस् भनेर सगरमाथाको छेउमै पुगेर विरोध गरेको प्रदर्शनकारीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्