१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु


0
Shares

चितवन । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका– १३ निवासी ७३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।

श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा कार्तिक ३ गते कोभिड १९ को संक्रमण पुष्टि भएको थियो ।

भेन्टिलेटरको सहायतामा उपचार हुँदैगर्दा गएराती उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा मधुमेहको समेत समस्या रहेको थियो ।