१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


म्याग्दीमा कोदो खेती लोप हुँदैं


0
Shares

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको ग्रामीण क्षेत्रहरुमा कोदो खेती लोप हुँदै गएको छ ।

कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामीण क्षेत्रका युवाका लागि पनि दुर्लभ बन्दै गएको छ ।

कोदो बारीमा अहिले बनमारा र बोकेझारले साम्राज्य जमाएको छ । भण्डै १० वर्ष अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गरेको स्थानीय बताउँछन् ।

गाउँघरमा कोदोको प्रयोग कम हुँदै गए पनि होमस्टे तथा शहरका केही होटलहरुले भने कोदोको परिकारलाई नै आकर्षणको रूपमा राख्न थालेको पाइन्छ ।

म्याग्दीको २० हजार ४ सय ८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये ५ सय हेक्टरमा कोदो खेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ ।