
काठमाडौं । नायिका पूजा शर्मा र गायक तथा मोडल सन्तोष विक्रम खड्गीको अभिनय रहेको ‘डार्लिङ तिमी वाला’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नायिका पूजा शर्मा गीतको भिडियोमा कतै आधुनिक तथा कतै नेवारी पहिरनमा देखिएकी छिन् ।
पहिलो भाग भन्दै सार्वजनिक गरिएको गीतमा सन्तोष कुमार खड्गीको स्वर, निर्मल विकको शब्द तथा संगीत छ ।
यो गीतलाई नेपाली र नेवारी भाषाको फ्यूजनको रुपमा प्रस्तुत गरिएको छ ।
साहिल खानको निर्देशन रहेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, सुदिप बरालको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।
भिडियो लिकं
प्रतिक्रिया दिनुहोस्