
विश्वप्रकाश शर्मा । फाइल तस्वीर ।
काठमाडौं, कात्तिक १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत् नेपाली विद्यार्थी कुटिएको घटनाबारे भारत सरकारको ध्यानाकर्षण गराउन र ती तिनको अविलम्ब उद्धार गर्न सरकारसमक्ष माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्तिमार्फत् एकार्का देशका विभिन्न सहरमा अध्ययनरत् नेपाल र भारत दुवै देशका विद्यार्थीले सुरक्षित र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकारमात्रै नभइ त्यसको सुनिश्चितता गर्ने अभिभारा दुवै देशका सरकारको भएको औंल्याउनुभएको छ ।
प्रवक्ता शर्माले नेपाली विद्यार्थीको सुरक्षा र सम्मानकाबारेमा गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना कहीँ पनि हुन नदिन आवश्यक सतर्कताका लागि सरकारसमक्ष माग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्