१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्याङ्जामा कुटपिट गरी हत्या गरेको आरोपमा चारजना पक्राउ


0
Shares

स्याङ्जा, कात्तिक १३ । जिल्ला प्रहरी कार्यलय स्याङ्जाले कुटपिट गरी हत्या गरेको अभियोगमा बिहीबार चारजनालाई पक्राउ गरेको छ ।

बडादशैंको दिन पुतलीबजार नगरपालिका वडा नम्बर-६, कोलडाँडामा युवाहरुको दुई समूहबीच झडप भएको थियो ।

होहल्ला गर्दै मोटरसाइकलमा दालिङ गाउँबाट कोलडाँडा हुँदै पुरीस्वारा गाउँतर्फ गएका युवाहरूको समूहलाई कोलडाँडामा मादकपदार्थ सेवन गरी बसेका युवाहरुले एक्कासि आक्रमण गर्दा झडप भएको थियो ।

झडपमा परी पुरीस्वाराका २९ वर्षीय सूर्यबहादुर गुरुङ गम्भीर घाइते भएका थिए । घाइते गुरुङको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा बुधबार राति मृत्यु भएको थियो ।

पक्राउ पर्नेहरुमा पुतलीबजार नगरपालिका-६, बछिनडाँडा टक्सारका इन्द्रजित गुरुङ, गिरेप्रसाद गुरुङ, किङ्क गुरुङ र सन्तोष गुरुङ रहेका छन् ।