
काठमाडौं । युरोपा लिग फुटबलमा इङ्गलिस क्लबहरु आर्सनल र लेष्टर सिटी विजयी हुँदा टोटनह्याम हट्सपर पराजित भएको छ ।
गएराति भएको समुह ‘बि’ को खेलमा आर्सनलले आयरल्याण्डको फुटबल क्लब डुन्डाल्कलाई ३–० ले हरायो ।
यसैगरी अर्को इंग्लीश क्लब लेष्टर सिटीले ग्रिसको एइके एथेन्सलाई उसैको मैदानमा २–१ ले पराजित गर्यो ।
गएराति टोटनह्याम हट्सपरलाई भने बेल्जीयमको रोयल एन्ट्रेपले १-० ले हरायो । युरोपा लिगकै अर्को खेलमा इटालीको एएस रोमालाई बुल्गेरियाको सोफियाले गोलरहित बराबरीमा रोक्यो ।
यसैगरी चेक रिपब्लिकको स्लाभिया प्रागले जर्मनीको बायर लिभरकुजेनलाई १–० ले हराउँदा पोर्चुगलको बेनिफिकाले बेल्जीयमको स्टाण्डर्ड लेइजलाई ३-० ले पराजित गर्यो ।
यसैगरी स्कटल्याण्डको रेन्जर्स, इटालीको नापोली र एसी मिलान, स्पेनको भियारियाल तथा जर्मनीको वुल्फवर्ग र होफेनहाइम पनि गएरातिका खेलहरुमा विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्