१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धौलागिरी अस्पताललाई गण्डकीको उपप्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गरिने


0
Shares

बाग्लुङ । बागलुङको धौलागिरी अस्पताललाई गण्डकी प्रदेशको उपप्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गरिँदैछ ।

२०१६ सालमा डिस्पेन्सरीका रुपमा स्थापित अस्पताल ५० शैयाबाट दुई सय शैया क्षमताको हुने भएको छ ।

हाल २५ रोपनी जग्गामा ५० शैया रहेकोे अस्पताललाई दुई सय शैयाको बनाउन जग्गा खोजी भइरहेको अस्पताल विकास समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो ।

२०३३ सालमा जिल्ला अस्पताल र २०६७ सालमा अञ्चल अस्पतालको रुपमा स्तरोन्नति भएको यो अस्पताल नेपाल सरकारको निर्णयसँगै पुनः स्तरोन्नति हुन लागेको हो ।

गण्डकी प्रदेश सरकारले कोभिड अस्पतालको घोषणा गरेको यो अस्पतालमा चार जिल्लाका करिब छ लाख बिरामीले उपचार पाउँदै आएका छन् ।