१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गुराँसेमा कृतिम गुराँस: राताम्मे वन र भू टावरमा रमाउन झुम्मिए पर्यटक


0
Shares

सुर्खेत । सुर्खेत दैलेख सडकखण्डमा पर्ने दैलेखको गुुराँसे, लाली गुुराँस दृश्यावलोकनका लागि निकै प्रख्यात क्षेत्र हो ।

दैलेख र सुर्खेतका स्थानीय लाली गुराँस फुल्ने सिजनमा मात्र घुम्न जाने गुराँसेमा कृतिम गुराँसको फुलसहित गुराँस भ्यु टावर निर्माण हुन थालेपछि कोरोना महामारीकै वीच पनि पर्यटकीय गतिविधिले तिव्रता पाएको छ ।

लाली गुराँस फुल्ने समयमा गुराँसेको वन रातै हुने गर्दछ । गुराँस फुल्ने सिजनमा मात्र हुने भीडले यसलाई पर्यटकीय गन्तव्यको क्षेत्रमा परिचित बनाएको थियो ।

तर अहिले कृतिम रुपमा गुराँसको रुखमा फुल र पशुपन्छीको आकृति निर्माण गरेपछि कोरोना महामारीकै वीचमा पनि पर्यटकीय गतिविधि बढेका छन् ।

जैविक विविधता झल्काउने कृतिम गुराँसको बोटमा बाघ, डाँफे, गिद्ध, चरा, सर्पलगायतका आकृतिमा टिकटक र फोटो खिच्नेहरुकोसमेत भीड लाग्ने गरेको छ ।

भ्यु टावरबाट सुर्खेत र अछामका विभिन्न भू–भाग, बर्दियाका फाँट, सिंगो दैलेखलगायत सिस्ने हिमाल, अपि सैपालको दृश्यावलोकन गर्न सकिन्छ ।

सुर्खेत दैलेख सडक खण्ड हुँदै दिनहुँ हजारौं यात्रु यात्रा गर्छन् । यो सडक हुँदै ओहोरदोहोर गर्नेका लागि भ्यु टावर रोजाइमा पर्ने गरेको छ ।

जसले स्थानीयको व्यवसाय प्रर्वद्धनमा ठुलो सहयोग पुगेको छ । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय दैलेखको अनुदान तथा गुराँस गाउँपालिकाको समन्वयमा गुराँस गाउँपालिका– ५ गुराँसेको सरस्वती सामुदायिक वनमा भ्यु टावर निर्माण गरिएको हो ।

६१ लाख ९५ हजार रुपैयाँको लागतमा घेरबार, गुराँसको रूख निर्माण तथा पत्थर बिछ्याउने कार्य सकिएको छ ।