
फाइल तस्वीर ।
काभ्रे, कात्तिक १४ । काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको कोरोनाका कारण मृत्यु भएको छ ।
गएको असोज २६ गते संक्रमण पुष्टि भएका चौलागाईंको शुक्रबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा मृत्यु भएको हो ।
२७ गतेदेखि ज्वरो बढेपछि उपचारका लागि उहाँ अस्पताल जानुभएको थियो ।
अस्पतालले ‘होम आइसोलेसन’मा बस्न सुझाव दिएपछि उहाँ घर फर्कनुभएको थियो । होम आइसोलेसनमा बस्दा गाह्रो भएपछि कात्तिक १ गते उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो ।
चौलागाईंलाई निमोनियासमेत भएको थियो । एक हप्ताअघि र बिहीबार (हिजो) गरिएको परीक्षणमा उहाँको ‘रिपोर्ट नेगेटिभ’ आएको थियो ।
करिब तीन दशकदेखि पत्रकारिता गर्दै आउनुभएका चौलागाईं काभ्रेबाट प्रकाशित हुने काभ्रेपोष्ट साप्ताहिकका प्रकाशक तथा प्रधानसम्पादक हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्