
सर्लाही, कात्तिक १४ । विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५औं जन्मजयन्ती नेपालमा पनि मनाइँदैछ ।
‘मोहम्मद डे’ पनि भनिने यसदिन मुस्लिम समुदायले र्याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उहाँका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकर्कामा शुभकामना साटासाट गर्ने चलन छ ।
यसै अवसरमा सर्लाहीमा पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा र्याली निकालिएको छ ।
शुक्रबार सर्लाहीका २० ओटै स्थानीय तहमा र्याली निकालिएको हरिपुर नगरपालिकाका प्रमुख जमरुद्धिन मन्सुरले बताउनुभयो ।
यस अवसरमा प्रदेश नम्बर-२ सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्