
वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको दाह संस्कार गरिएको छ ।
मृत्यु भएको ९ दिन पछि उहाँको विन्दवासिनी गाउँपालिकाको बहुअर्वा भठा गाउँको नदिमा हिजो साझ दाहसंस्कार गरिएको हो ।
चौरसियाको शवयात्रा तथा दाहसंस्कारमा मातृका यादव लगायत नेकपाका नेताहरु सहभागी थिए । भाइ महेस चौरसियाले उहाँलाई दागबती दिनुभएको हो ।
गत बिहीबार शपथग्रहण कार्यक्रममा नेकपाको दुई पक्षबीच भएको झडपमा परी घाइते भएका चौरसियाको उपचारका क्रममा मृत्यु भएको थियो ।
यता, चौरसियाको हत्याको अभियोगमा मुद्धा दर्ता भएसँगै नेकपाका पूर्वसांसद राजकुमार गुप्ता जिल्लाबाट फरार भएका छन् ।
प्रतिक्रिया दिनुहोस्