२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अवैध उत्खननका कारण हेवाखोलाको पक्की पुल जोखिममा


0
Shares

पाँचथर । अवैध उत्खनन् कारण पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवाखोलाको पुल जोखिममा परेको छ ।

ठूलो परिमाणमा बालुवा, गिट्टी ढुङ्गा जस्ता नदीजन्य पदार्थ उत्खनन् गरेपछि पुल जोखिममा परेको हो ।

पक्की पुलको ५ सय मिटर दायाँ बायाँ नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने कानुनी व्यवस्था भएपनि पिलरको आसपासबाट उत्खनन गरीएको छ ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले नदीजन्य पदार्थ उत्खननको कार्य नियन्त्रण नहुँदा जोखिममा परेको पुलको चाँडै अनुगमन गरीने जानकारी दिनुभएको छ ।