७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सदगुरुको अनौठो सौख: अहिले अमेरिकामा पावरफुल बाइक कुदाउँदैछन्


0
Shares

काठमाडौं । गतबर्ष साउनमा नेपाल हुँदै कैलास मानसरोवरको यात्रा गरेका सदगुरु, जग्गी बासुदेव यसपटक अमेरिका पुगेका छन् ।

इनर इन्जिरिनयरिङ पुस्तक लेखेका उनी सन् २०१७ मा भारत सरकारको पद्यविभूषण पुरस्कारबाट सम्मानित भइसकेका उनी एक आधुनिक गुरुका नाममा प्रख्यात छन्।

विभिन्न साहसीक कामहरु गर्न रुचाउने सदगुरु बाइकका पनि सौखिन हुन । गतबर्ष बाबा रामदेवलाई बाइकमा राइड गराएको भिडियो भाइरल नै भएको थियो ।

त्यसबाहेक पनि सद्गुरुलाई कैयौ पटक बाइक राइड गरेको देखिएको छ । उनले पहिला पनि पावरफुल बाइक राइड गरिसकेका छन् ।

उनले कावेरी नदी संरक्षण अभियानको लागि होन्डा भीएफआरएक्स बाइकमा भारतको केही क्षेत्रमा राइड गरेका थिए ।

हाल अमेरिकामा रहँदा पनि उनले बाइक राइड गरेको दृश्य देखिएको थियो । वास्तवमा सद्गुरु आध्यात्मिक अमेरिकाको खोज अभियानको प्रतिनिधित्व गर्दैछन् ।

उक्त अभियानको लागि उनले अमेरिकामा १६ हजार किलोमिटरको यात्रा गर्नेछन् । सो यात्रामा उनले बाइक र कार दुबैको प्रयोग गरेका छन् ।

अमेरिकाको यात्राको समयमा उनले प्रसिद्ध हलिउड एक्टर विल स्मिथले प्रदान गरेको बीएमडब्ल्यु १६०० जीटी बाइक राइड गरेका थिए ।

सो बाइक भारी हुनुका साथै निकै पावरफुल पनि रहेको छ । सो बाइकको तौल ३५० किलोग्राम रहेको छ र यसमा १६०० सीसीको इन्जिन समावेश गरिएको छ ।

सद्गुरुले अमेरिकामा जावा ४२ र बीएमडब्ल्यु आर १२०० जीएस बाइक पनि राइड गरेका थिए ।

तीन–चार दिनसम्म नखाने, नसुत्ने योग अभ्यास गरिसकेका सदगुरुले १३ दिनसम्म जाग्राम बसेर पनि योग गरेको बताएका छन् ।

५ सेप्टेम्वर १९५७ मा कर्नाटकको मैसूर शहरको एक चिकित्सक परिवारमा जन्मिएका उनी प्रकृतिप्रेमी पनि हुन ।

स्कुल जीवनमा त उनी कयौ दिन गायव हुन्थे। जंगलमा कयौं दिन बसेर फर्कदाँ उनको झोलामा सर्पहरु हुन्थे ।

उनले केही बर्षअघि विश्वविद्यालयको पढाई पुरा गरेपछि दक्षिण भारतबाट मोटर साइकल यात्रा सुरु गरेर पुरै देश घुमेका थिए ।