१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जुम्लाको हिमा गाउँपालिकामा डिजिटल एकीकृत सम्पत्ति कर प्रणाली सुरु


0
Shares

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकीकृत सम्पत्ति कर प्रणाली सुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर संकलन गर्न यो प्रणाली लागू गरेको हो ।

गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसावले सहज होस भनेर सम्पत्ति कर संकलनमा डिजिटल प्रणाली लागू गरिएको बताउनुभयो ।

पालिकाभरका सात ओटै वडामा यो प्रणाली लागू गरिएको उहाँले जानकारी दिनुभयो । सूचना प्राविधिक अधिकृत भीमबहादुर रावतका अनुसार गाउँपालिकाले सम्पत्ति कर संकलन गर्न चार वटा क्षेत्र छुटयाइएको छ ।

व्यापारिक क्षेत्रमा पाँच सय रुपैयाँ, आवासीय क्षेत्रमा तीन सय रुपैयाँ, कृषि क्षेत्रमा दुई सय ५० रुपैयाँ र वन तथा बगर क्षेत्रमा प्रतिवर्गमिटर एक सय रुपैयाँ कर तोकिएको उहाँले जानकारी दिनुभयो ।

यो प्रणाली सात वटै वडामा लागू भएको छ । यहाँका स्थानीयवासीलाई यसअघि कर तिर्न गाउँपालिकामा धाउनु पर्ने बाध्यता थियो ।

तर अब वडाबाटै सुविधा पाएपछि गाउँपालिका धाउनु पर्ने बाध्यता टरेको सूचना प्राविधिक अधिकृत रावतले जानकारी दिनुभयो ।