१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्राविधिक शिक्षाप्रति आकर्षण: सीटीईभीटीको कोर्ष पूरा गरेर ‘गरिखान’ सक्नेभए युवा


0
Shares

चितवन । चितवनमा प्राविधिक शिक्षातर्फको आकर्षण बढ्न थालेको छ । शैक्षिक योग्यता तथा तालिमबाट पनि आफूलाई सक्षम बनाएर जिल्लामा आम्दानी गर्नेको संख्या बढ्दै गएको छ ।

सामान्य परिवारमा जन्मनुभएकी भरतपुर ११ भोजाडकी उर्मिला माया कुमालले सीटीईभीटीबाट निःशुल्क तालिम लिई भेटनरी पसल सञ्चालनमा ल्याउनु भएको छ ।

कक्षा १० सम्म मात्र पेढेकी भण्डारीले १२ महिनाको कोर्ष निःशुल्क गर्न पाएपछि अहिले आफै भेटरीनरीको पसल खोल्नुभएका छ ।

सैद्धान्तिक ज्ञानसँगै अभ्यासपनि भएको शिक्षा अध्ययन गरे जीवनमा खाली हात वस्नु नपर्ने उहाँको सुझाव छ ।

उर्मिला मात्रै होइन प्युठानका सागर थापा मगरले सीटीइभीटीले दिएको ३५ दिने तालिमबाट कृषि क्षेत्रमा काम गर्न सक्ने हुनुभयो ।

भरतपुरका विकास आचार्य २३ वर्षको मात्रै हुनुभयो । डिप्लोमा इन सीभील इन्जिनियरिङ गर्नुभएका उहाँले आफ्नै कन्सलटेन्सी स्थापना गरेर अरुलाई रोजगारी समेत दिनुभएको छ ।

घरपरिवारलाई पनि राम्रै आम्दानी दिन सक्नुभएको उहाँ २३ वर्षमै महिनामा १५ देखि २० वटा घरको नक्सा बनाउनुहुन्छ ।

चितवनकै तीर्थ सुवेदी पनि व्यवसायिक शिक्षा लिन धान र मकैको हाइव्रिड बीउ उत्पादनमा लाग्नुभएको छ ।

कृषि, इन्जिनियरिङ र स्वास्थ्य क्षेत्रका विभिन्न विधामा प्राविधिक शिक्षा दिने नेपाल पोलिटेक्निक इन्स्टिच्युटले करिव ६ हजार विद्यार्थी पासआउट गरेको चिफ एडमिन अफिसर शिवप्रसाद सुवेदी जानकारी गराउनुभएको छ ।

हातमा सीप र सर्टिफिकेट भयो भने जागिर नपाएकै कारण भोकै बस्नु पर्ने अवस्था व्यवसायिक शिक्षा तथा तालिम परिषदले नल्याउने उहाँको ठोकुवा छ ।

प्राविधिक शिक्षा विस्तार गाउँ तहमा पनि हुन सके देशमा बेरोजगारीको संख्या घट्ने र विदेश जाने बाध्यताको पनि कमि हुने थियो ।