
पोखरा, कात्तिक १५ । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–९ की ६२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।
यही कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएर ‘आईसीयू’मा रहनुभएकी महिलाको शनिबार बिहान ८ बजे मृत्यु भएको हो ।
उहाँमा निमोनिया, मधुमेहकोसमेत समस्या थियो ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।
प्रदेशमा सात हजार ३१६ संक्रमितमध्ये चार हजार २२१ जना निको भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्