१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङमा डेढ महिनामा १०९ जना फरार प्रतिवादी पक्राउ


0
Shares

बागलुङ, कात्तिक १५ । जिल्ल्ला प्रहरी कार्यालय बागलुङले डेढ महिनाको अवधिमा १०९ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

पक्राउ पर्ने फरार प्रतिवादीमध्ये १०० देखि ५५ लाख रुपैयाँ जरिवानासम्मका अभियुक्त रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ ।

उनीहरु सात दिनदेखि २० वर्ष कैद भुक्तान गर्न बाँकी रहेका प्रतिवादी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयसँग झन्डै ४०० फरार प्रतिवादीको सूची रहेको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालयले एक महिनामा मात्रै ५० हजारभन्दा बढी गाँजाका बोटहरु र १५ हजार लिटरभन्दा बढी अवैध घरेलु मदिरा नष्ट गरेको जनाएको छ ।