३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


धनगढीका मुस्लिम समुदायलाई कब्रस्तानमै अन्तिम संस्कार गर्न अनुमति


0
Shares

काठमाडौं, कात्तिक १५ । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका मुस्लिम समुदायलाई कब्रस्तानमै अन्तिम संस्कार गरी शव व्यवस्थापन गर्न अनुमति दिएको छ ।

शनिबार जिल्ला प्रशासन कार्यालय कैलालीमा भएको छलफलपछि कैलालीका मुस्लिम समुदायलाई कब्रस्तानमा नै अन्तिम संस्कार गरी शव व्यवस्थापन गर्न अनुमति दिइएको हो ।

प्रशासनमा भएको छलफलमा सहमति भएपछि दुई दिनदेखि घरमै रहेको शवको व्यवस्थापन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रतिनिधिहरुले मुस्लिम समुदायलाई शव व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउने र अहिलेको स्थानमा शव व्यवस्थापन गर्न नदिने बताएपछि आफूहरुले दुई दिनदेखि घरमै रहेको शवको व्यवस्थापन गर्न अनुमति दिएको आन्दोलनरत् संघर्ष समितिका संयोजक धनबहादुर कोलीले बताउनुभयो ।

यसअघि, बिहीबार कोरोना संक्रमित एक महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बीचमै रहेको कब्रस्तानमा गाडेको थियो ।

त्यसपछि कोरोना संक्रमतिको शव मानवबस्तीनजिकै गाडिएको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका थिए ।

स्थानीयहरुले कब्रस्तान बन्दको माग गर्दै गेटबाहिर तालाबन्दी नै गरेका थिए ।