२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


कोरोना संक्रमित सांसद विश्वकर्माको उपचार सहयोगका लागि आग्रह


0
Shares

congress parliamentarian office

काठमाडौं, कात्तिक १५ । नेपाली कांग्रेसले कोरोनाभाइरसबाट संक्रमित भइ यही कात्तिक ९ गतेदेखि उपचार गराइरहनुभएका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको छ ।

सांसद विश्वकर्मा कोरोनाभाइरस संक्रमणका कारण अस्वस्थ भइ कात्तिक ९ गतेदेखि (वीर र त्यसपछि ग्रान्डी अस्पताल) अस्पतालमा भर्ना भइ उपचार गराइरहनुभएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोनमार्फत् उहाँको स्वास्थ्यावस्थाबारे जानकारी गराउनाका साथै स्वास्थ्योपचारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग गरिदिन आग्रह गर्नुभयो ।

नेता खाँणले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाईसमेत सांसद विश्वकर्माको स्वास्थ्योपचारका लागि आवश्यक पर्ने सहयोगका लागि अनुरोध गर्नुभएको कांग्रेस संसदीय दलले जनाएको छ ।

सांसद विश्वकर्मामा निमोनिया देखिएको छ । श्वासप्रश्वासमा समस्या आएको हुँदा धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको संसदीय दलले जनाएको छ ।