१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री पौडेल कोरोनामुक्त


0
Shares

वाग्मती, कात्तिक १५ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त हुनुभएको छ ।

प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा उहाँको ‘रिपोर्ट नेगेटिभ’ आएको हो ।

मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालकाअनुसार मुख्यमन्त्रीलाई एक-दुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ ।

यही कात्तिक ६ गते उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मुख्यमन्त्री हाल शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र काठमाडौंमा उपचाररत् हुनुहुन्छ ।

मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ ।