२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आईपीएलः दिल्लीलाई हराउँदै मुम्बई ‘क्वालिफायर’मा


0
Shares

काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टी–ट्वेन्टी क्रिकेटको क्वालिफायरमा पुगेको छ ।

युएईको दुबईमा गएराति भएको खेलमा दिल्लीलाई ९ विकेटले हराउँदै मुम्बई क्वालिफायरमा पुगेको हो ।

खेलमा दिल्लीले दिएको १ सय ११ रनको झिनो लक्ष्य मुम्बईले १४ ओभर २ बलमा १ विकेट गुमाएर पुरा गर्‍यो ।

मुम्बईको जितमा इशान किशनले अविजित रहँदै ७२ रन जोडे । जितसँगै मुम्बईले १३ खेलमा १८ अंक जोड्दै तालिकाको शीर्ष स्थानको पकड बलियो पारेको छ ।

अन्तिम खेलमा पराजित भएपनि मुम्बई शीर्ष दुईमै रहने छ । आईपिएल क्रिकेटको लिग चरणमा शीर्ष दुईमा रहने टिमले क्वालिफायर खेल्ने छन् ।

क्वालिफायरको विजेता फाइनल पुग्नेछ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्न अवसर पाउनेछ ।

मुम्बईसँग पराजित भएपछि दिल्लीलाई भने अब प्ले– अफमा पुग्न अन्तिम खेल जित्नै पर्ने भएको छ ।

तेस्रो स्थानमा रहेको दिल्लीको १३ खेलमा १४ अंक छ । आईपीएल अन्र्तगत गएराति भएको अर्को खेलमा सनराईजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएको छ ।

खेलमा बैंग्लोरले दिएको १ सय २१ रनको सामान्य लक्ष्य हैदरावादले १४ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

जितसँगै हैदरावादले प्ले अफ्मा छनौट हुने संभावना जिवित राखेको छ । आईपिएल क्रिकेटमा आज चेन्नाई र पन्जाब तथा कोलकाता र राजस्थान भिड्नेछन् । एजेन्सी