१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जुवाको खालबाट पूर्वराज्यमन्त्री रायसहित ३३ जना पक्राउ, करिब १५ लाख बरामद


0
Shares

काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ ।

जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ । यस्तै ललितपुरबाट पनि गएराति १८ जना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुको साथबाट ११ लाख ५५ हजार ५७५ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका चाङ्गाथलीका शंकर बस्नेतको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

यता, दाङको घोराहीमा पनि पाँच जना जुवाडे साढे ३ लाख रकमसहित पक्राउ परेका छन् । पक्राउ परेकाहरुको ठेगाना नखुलेको प्रहरीले जानकारी गराएको छ ।