२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


बैंक तथा वित्तीय संस्थाद्धारा अनावश्यक असूल्दै आएको व्याज र हर्जना फिर्ता


0
Shares

सुर्खेत । कर्णाली प्रदेशमा सेवाग्राहीबाट मनपरी व्याज र हर्जना असुल्दै आएका बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई क्षतिपूर्ति तिर्न थालेका छन् ।

कर्णालीमा राष्ट्र बैंकको सक्रियताले बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीबाट मनपरी रुपमा असुलेको पैसा फिर्ता गर्न थालेका हुन् ।

कर्णाली प्रदेशमा रहेका विभिन्न वित्तीय संस्थाहरुले सेवाग्राहीबाट मनपरी रुपमा असूल्दै आएको अनावश्यक व्याज र हर्जना फिर्ता गर्न थालेका छन् ।

प्रदेशमा राष्ट्र बैंकको कार्यालय स्थापना भएसँगै सेवाग्राहीको उजुुरीका आधारमा बैंक तथा वित्तीय संस्थालाई स्पष्टिकरण लिन खोज्दा सेवाग्राहीबाट अनावश्यक रुपमा लिइएको रकम फिर्ता हुन थालिएको हो ।

राष्ट्र बैंकको कार्यालय यस क्षेत्रमा नहुदाँ यहाँका वित्तीय संस्थाले ऋण प्रवाहमा अनावश्यक शिर्षकमा रकम असुुल्दै आएका थिए ।

सेवाग्राहीलाई ऋण लगानीको व्याजदरमा वृद्धि गरी चर्को व्याज असुल्दै आएका थिए ।

कर्णाली प्रदेशका कतिपय बैक र लघुवित्त बैंकले निक्षेप स्किममा भनेअनुसार ब्याज नदिने, निक्षेप लिइसकेपछि मनपरी ब्याज घटाइदिने र कर्जामा ठग्ने गरेका कारण कडा नियमन गर्न थालिएको छ ।

निक्षेप र ऋणमा लोभ लाग्दो व्याज देखाएर सेवाग्राहीलाई ऋणको बोझ बोकाउनु भनेको झन गरिबी तिर धकेल्नु हो ।

राष्ट्र बैंकको सक्रियतासँगै बैंक तथा वित्तीय संस्थाबाट ठगिएको जस्तो लागे चुप लागेर नबस्नुुनै नागरिकको दायित्व हुन जान्छ ।