
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीले हाजिर हुनु पहिले पीसीआर परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने भएको छ ।
कोरोना संक्रमण देखिएका कर्मचारीले हाजिर गर्नु पहिले कोरोना नेगेटिभ आएको रिपोर्ट देखाउन त्रिवि रेक्टर कार्यालयले निर्देशन जारी गरेको छ ।
त्रिवि रेक्टर कार्यालयअन्तर्गत अनुसन्धान निर्देशनालयले आइतबार कार्यालय पुगेका कर्मचारीलाई पीसीआर परीक्षणको रिपोर्ट देखाएर मात्र हाजिर गर्न निर्देशन दिएको हो ।
तर कार्यालयले पहिले कोरोना देखिएका कर्मचारीका हकमा मात्रै कोरोना नेगेटिभ आएको रिपोर्ट देखाउन भनेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्