१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु


0
Shares

काठमाडौं । चितवनमा कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा एकैदिन तीनजना र भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुईजना चितवनका र एक जना नवलपुरका छन् । भरतपुर महानगरपालिका ४ का ६३ वर्षीय पुरुष रहेका छन् ।

श्वासप्रश्वासमा समस्या भई कात्तिक १२ गते भर्ना भएका उनको उपचारको क्रममा गएराति निधन भएको हो ।

यस्तै अर्का मृत्यु हुनेमा भरतपुर महानगरपालिका ३ का ५३ वर्षीय पुरुष छन् । कात्तिक १३ गते कोभिड पुष्टि भएका ती पुरुषको पनि उपचारका क्रममा गएराति नै निधन भएको हो ।

यसैगरी नवलपुरको देवचुली नगरपालिका ११ का ८० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

तीनैजना कोरोना संक्रमितको अस्पतालको कोभिड आईसीयू कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै भरतपुर अस्पतालमा एक जना धादिङ र एक जना चितवनका गरी दुई जनाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।