७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अबैध तस्करी रोक्न प्रदेश प्रहरीले निगरानी बढायो


0
Shares

सुनसरी । नेपाल–भारत खुल्ला सीमा नाकाबाट तस्करी हुन थालेपछि प्रदेश १ को अबैध तस्करी रोक्न प्रदेश प्रहरीले निगरानी बढाएको छ ।

पटक–पटक निगरानी बढाउदा समेत तस्करी नरोकिएपछि प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख इश्वरवाबु कार्की नेतृत्वको टोली आफैं गस्तीमा खटिएको छ ।

प्रदेश १ का सुनसरी, मोरङ, झापा र इलाम जिल्लाबाट अबैध तस्करी हुन थालेको भन्दै डिआईजी कार्कीको टोलीले सीमा क्षेत्रको स्थलगत गस्ती र अनुगमन गर्न थालेको हो ।

कोरोनाको महामारीको समयमा पनि तस्करहरुले सीमा क्षेत्रका प्रहरी युनिटका इनचार्जसँग मिलेमतो गरी भन्सार छली गरेर तस्करीका सामग्री नेपाल भित्र्याउने गिरोह सक्रिय भए पछि तस्करी नियन्त्रणमा प्रहरी संक्रिय भएको हो ।

सीमा क्षेत्रको अनुगमनमा गएका डिआईजी कार्कीले सीमा क्षेत्रका प्रहरी युनिटका प्रहरी इन्चार्जहरुलाई सो क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउन, तस्करी पूर्णरुपमा नियन्त्रण गर्न निर्देशन दिनुभएको छ ।

उनले सीमा नाकामा तस्करी नियन्त्रण गर्न प्रदेशका जिल्लामा थप प्रहरी समेत परिचालन गरिएको जानकारी दिनुभयो ।