
काठमाडौं । विशेष अदालतका तीन जना न्यायाधीश परिर्वतन भएका छन् ।
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा सुनुवाइ गर्ने क्षेत्राधिकार पाएको विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी, सदस्यहरु कृष्ण गिरी र रवि शर्मा अर्याललाई सरुवा गरिएको छ ।
न्याय परिषदले उनीहरुको स्थानमा प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेलाई ल्याएको हो ।
कार्कीलाई अध्यक्ष र अन्यलाई सदस्यको रुपमा उच्च अदालतबाट सरुवा गरिएको हो । सरुवा भएका न्यायाधीशहरु विशेष अदालत हाजिर भने भइसकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्