
बागलुङ, कात्तिक १७ । बागलुङको बलेवा र पर्वतको कुस्मा जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएको बञ्जीजम्प सञ्चालन भएको छ ।
५०० मिटर लामो पुलमा बञ्जी, स्वीङ र स्काइ साइक्लिङलगायत साहसिक खेल औपचारिकरुपमा सञ्चालनमा आएको निर्माण कम्पनी द क्लिफ प्रालिका सञ्चालक युवराज जोशीले जानकारी दिनुभयो ।
कम्पनीले बञ्जीसँगै रिसोर्ट पनि सञ्चालनमा ल्याएको छ । अन्य साहसिक खेलहरु पनि सञ्चालनमा आएको उहाँको भनाइ छ ।
५२५ मिटर लामो पुलको बीचमा कालीगण्डकी नदीको ठिकमाथि बञ्जी र स्वीङका लागि जम्प गर्ने ‘प्लाटफर्म’को निर्माण गरिएको छ ।
कालीगण्डकी नदीदेखि पुलको उचाइ २२८ मिटर छ । विश्वकै दोस्रो अग्लो बञ्जीका रुपमा यहाँको स्वीङ रहेको जोशीको भनाइ छ ।
बञ्जी र स्वीङ गर्न दुवैको सात हजार रुपैयाँ तोकिएको छ ।
औपचारिक सुरुआतसँगै सर्वसाधारणलेसमेत सहासिक खेलमा सहभागी हुन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्