२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘आईपीयू’ गभर्निङ काउन्सिलको अधिवेशन सुरु, सभामुख सापकोटासहित तीन सांसद सहभागी


0
Shares

काठमाडौं, कात्तिक १७ । विश्वका संसदहरुको साझा मञ्च अन्तर व्यवस्थापिका संघ (आईपीयू)को गभर्निङ काउन्सिलको २०६औं अधिवेशन सुरु भएको छ ।

नेपाली समयअनुसार आइतबार राति सुरु ‘भर्चुअल’ सम्मेलन चार दिनसम्म चल्नेछ ।

जारी अधिवेशनमा नेपालका तर्फबाट प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रियसभाका सदस्य जितेन्द्रनारायण देवले गभर्निङ काउन्सिल सदस्यका रुपमा सहभागिता जनाउनुभएको छ ।

यस्तै, अधिवेशनमा सांसद एकवाल मियाँ पर्यवेक्षकका रुपमा सहभागी हुनुहुन्छ ।

गभर्निङ काउन्सिलको यो अधिवेशनले आईपीयूका नयाँ अध्यक्ष निर्वाचित गर्नेछ ।

हरेक गभर्निङ काउन्सिल सदस्यले गोप्य मतदानमार्फत् अध्यक्षको चयन गर्नेछन् । मतदान ‘भर्चुअल’ माध्यमबाट भएको छ ।

अधिवेशनमा नेपालसहित १६२ देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

आईपीयूको अध्यक्ष पदका लागि पाकिस्तान, पोर्चुगल, उज्वेकिस्तान र क्यानडाका प्रतिनिधिले उमेदवारी दिएका छन् । आईपीयू अध्यक्षको कार्यकाल तीन वर्षको हुनेछ ।

मतदान
नेपालबाट आईपीयूको गभर्निङ काउन्सिलको २०६औं अधिवेशनमा सहभागी सभामुख सापकोटासहित प्रतिनिधिसभाका सदस्य झाँक्री र राष्ट्रियसभाका सदस्य देवले आईपीयूको अध्यक्ष चयनका लागि गोप्य मतदान गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।