
निरञ्जन तिवारी ।
पर्सा, कात्तिक १७ । पर्साको बिन्दबासिनी गाउँपालिकाका मुकेश चौरसियाको हत्यामा संलग्न थप एक आरोपी पक्राउ परेका छन् ।
प्रहरीले बिन्दबासिनी गाउँपालिकाका ३२ वर्षीय उत्तम भनिने निरञ्जन तिवारीलाई पक्राउ गरेको हो ।
उनलाई भारतबाट पक्राउ गरी ल्याइएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा पूर्वसांसद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता गरेपनि प्रहरीले हालसम्म तीनजनालाईमात्र पक्राउ गरेको छ ।
यही कात्तिक ६ गते बिन्दबासिनी–५, प्रसौनीमा नेकपाको बिन्दबासिनी गाउँ कमिटीको शपथग्रहण कार्यक्रममा झडप हुँदा घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्