१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महासंघभित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्छ : गोल्छा


0
Shares

काठमाडौं, कात्तिक १७ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघभित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्ने बताउनुभएको छ ।

महासंघलाई पूर्वअध्यक्षहरुले राजनीति गर्ने थलो बनाएकोप्रति इंगित गर्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले अब निर्वाचित व्यक्तिहरुले नै महासंघलाई हाँक्ने बताउनुभयो ।

महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले उम्मेदवारी घोषणा गर्न सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै हालका वरिष्ठ उपाध्यक्ष गोल्छाले राजनीतिक क्यान्सरलाई हटाउनैपर्ने बताउनुभएको हो ।

महासंघमा गैरनिर्वाचितको चलखेल हुन नदिने अठोट पनि उहाँले व्यक्त गर्नुभयो ।

महासंघलाई समस्याको समाधान गर्ने निकायको रुपमा मात्रै सीमित नगरेर नेपालको समग्र निजी क्षेत्रको सुदृढीकरणका लागि काम गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।