१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दुई महिना बित्दा पनि भुजिखोलाको बाढी–पहिरोमा बेपत्ता १५ जनाको लागेन पत्तो


0
Shares

बागलुङ, कात्तिक १७ । बागलुङको ढोरपाटन नगरपालिका–९, बोबाङ भुजिखोलामा बाढी–पहिरो गएको दुई महिना पुग्दा पनि बेपत्ता भएका १५ जना फेलापर्न सकेका छैनन् ।

गएको भदौ १७ गते आएको बाढी–पहिरोमा परी बेपत्ता भएका उनीहरुको पत्तो लाग्न नसकेको हो ।

लामो समयसम्म खोजी गर्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेपछि प्रहरीले गृह मन्त्रालय हुँदै देशभर उनीहरूको हुलियासहितको जानकारी पठाएको छ । बेपत्तामध्ये अधिकांश एकै परिवारका छन् ।

बाढी–पहिरोमा बेपत्ता भएका ३८ जनामध्ये २२ जनाको शव फेलापरेको थियो । एकजना सकुशल भेटिएका थिए ।

बाढी–पहिरोका कारण ढोरपाटन नगरपालिकाका १३० घरमा क्षति पुगेको थियो ।