२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेप्सेमा सामान्य गिरावट


0
Shares

nepse

काठमाडौं, कात्तिक १७ । उतार–चढावका बीच सोमबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ ।

यसदिन तीन अंकले गिरावट आउदा नेप्से परिसूचक १६ सय ३७ विन्दु कायम भएर थामिएको छ ।

कारोेबार रकम भने साढे दुई अर्ब बराबरकै भएको छ ।

यसदिन लघुवित्त समूह सबैभन्दा बढी ६२ अंकले वृद्धि हँुदा व्यापार, होटल, जलविद्युत्, निर्जीवन बिमा, सामूहिक लगानी कोष समूह सामान्य अंकले उकालो लागे ।

वाणिज्य बैंक, विकास बैंक, जीवनबिमा र अन्य समूह भने सामान्य अंकले ओरालो लागेका छन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १९७ कम्पनीको छ लाख ९३ हजार कित्ता सेयर दुई अर्ब ४५ करोड रुपैयाँ बढीमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।