
प्रतीकात्मक तस्वीर ।
काबुल, कात्तिक १७ । अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरुको मृत्यु भएको छ ।
देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिबान विद्रोहीका कमान्डरसमेत रहेको जनाइएको छ ।
घटनाकाबारेमा थप विवरण संकलन हुँदै गरेको पनि अफगानी राष्ट्रिय सुरक्षा निर्देशनालय स्रोतले सोमबार जानकारी दिएको छ ।
स्रोतकाअनुसार १७५ जनाको मृत्यु भएको हो भने अरु २६ जना घाइते भएका छन् ।
झडप झन्डै रातभरि भएको पनि स्रोतको दाबी छ ।
कान्दहार प्रान्त पछिल्लो समयमा हिंसात्मक घटनाहरुबाट धेरै प्रभावित हुँदै गएको छ ।
यस क्षेत्रमा सरकारी सुरक्षाकर्मी र विद्रोही तालिबान लडाकूबीचमा झडप हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्