१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बैंग्लोरलाई हराउँदै दिल्ली आइपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश


0
Shares

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपिएल टी–२० क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

गएरातिको जितसँगै १४ खेलबाट १६ अंक जोडेको दिल्लीले तालिकाको दोस्रो स्थान पक्का गरेको हो ।

पराजित टोली बैंग्लोरले पनि शिर्ष चारमा रहँदै प्ले अफ्मा आफ्नो स्थान सुरक्षित गरेको छ । बैंग्लोर र कोलकाताको समान १४–१४ अंक भएपनि नेट रनरेटमा बैंग्लोरले कोलकातालाई उछिनेको छ ।

समुह चरणको अन्तिम खेलमा आज शिर्ष स्थानको मुम्बई इण्डीयन्स र पाँचौ स्थानको सनराइजर्स हैदरावाद भिड्नेछन् । यो खेलपछि कोलकाता र हैदरावादमध्ये एक टोली प्ले–अफ्मा पुग्नेछ ।

आबुधावीमा हिजो भएको खेलमा दिल्लीले बैंग्लोरलाई ६ विकेटले हरायो । टस हारेपछि व्याटिङको निम्तो पाएको बैंग्लोरले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ५२ रन बनायो ।

उसका लागि देवदत्त पाडिक्कलले ५० रन जोडे । जवाफमा १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ४ विकेटको क्षतीमा पुरा गर्‍यो ।

दिल्लीका लागि अजिन्क्या रहानेले ६० रन तथा शिखर धवनले ५४ रनको योगदान गरे । बलिङतर्फ बैंग्लोरका शहबाज अहमदले २ विकेट लिए ।