
पाँचथर । कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको भन्दै पाँचथर जिल्ला प्रवेशमा कडाई गरिएको छ ।
कोरोना संक्रमणको जोखिम बढेसँगै जिल्लास्तरीय संकट व्यवस्थापन समितिको बैठकले जिल्ला भित्रिने नागरिकको तथ्यांक अध्यावधिक गर्न प्रत्येक पालिकालाई निर्देशन दिएको छ ।
समितिको निर्णय अनुसार स्थानीय तहबाट कम्तिमा २–२ जनाका दरले कर्मचारी खटेर सवारी साधनबाट आउनेको तथ्यांक लिएर स्थानीय तहमा रिपोर्टिङ गर्ने छन् ।
यसैबीच विभिन्न स्थानबाट जिल्ला भित्रिने सवारीका साधनमा स्वास्थ सम्बन्धि मापदण्ड अपनाएको नपाइएकाले अनुगमन गरी उक्त मापदण्ड पालना गर्न कडाइ गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्