
काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा हिजोकै एजेण्डामा केन्द्रीत हुने नेताहरुले बताएका छन् ।
हिजो आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम कारवाहीका विषयमा छलफल भएको थियो ।
कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले राख्दै आएको असन्तुष्टि र महाधिवेशन केन्द्रित छलफल भएको जानकारी दिनुभयो ।
उहाँले पार्टीभित्र देखिएको मत भिन्नता र महाधिवेशन हुने र नहुने विषयमा देखिएको अन्यौलताका विषयमा पनि छलफल भएको बताउनुभयो ।
पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरित विभागहरु गठन गरेकोलगायतका विषयमा पौडेल पक्षले स्पष्टीकरण माग गरेको छ ।
पार्टीलाई अहिलेको अवस्थामा पु¥याउन सभापति देउवा जिम्मेवार रहेको भन्दै विधान विपरितका सबै कार्यहरु खारेज गर्न पौडेल पक्षको माग छ ।
तर सभापति देउवाले भने विभाग आफूले विधानअनुसार नै बनाइसकेकोले अरु विषयमा छलफल गर्न सकिने बताउँदै आउनुभएको छ ।
पदाधिकारी बैठकपछि काँग्रेसले २१ गतेका लागि केन्द्रीय समिति बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्