
इलाम । लकडाउनका कारण धारासायी हुँदै गएको पर्यटन क्षेत्रलाई गति दिन तीन जिल्लाका पर्यटन व्यवसायीले संयुक्त अभियान थालेकाछन् ।
पर्यटन पदमार्गको लागि नयाँ गन्तव्यको खोजी गर्दै उनीहरुले जैविक विविधताको संरक्षण गर्न इलामको पाटेनागी, पाँचथरको लोहाकिल क्षेत्रको नयाँ पदमार्ग पहिचान गरेका हुन् ।
लकडाउनपछि नयाँ गन्तब्य भन्ने नारासहित इलाम, पाँचथर र झापाका पर्यटन व्यवसायीहरु पर्यटन क्षेत्रलाई गति दिन उत्साहित भएकाछन् ।
पर्यटन विकासका लागि उत्कृष्ट गन्तव्य खोजी गर्दै उनीहरु संभावित पदमार्ग पहिचानमा जुटेका हुन् ।
पाँचथरको पौवाभञ्ज्याङ हुँदै सुकेपोखरी, लोहाकिल, इलामको कुइभीर, पाटेनागी र बाघखोरसम्मको पैदल यात्रापछि उनीहरु यी क्षेत्र पर्यटनका लागि नयाँ र उत्कृष्ट गन्तव्य हुने निष्कर्षमा पुगेका छन् ।
लकडाउनका कारण सिथिल बनेको पर्यटन क्षेत्रलाई नयाँ गन्तब्य मार्फत अगाडि बढाउने उनीहरुको लक्ष्य छ ।
विगतमा हुलाकी मार्गको रुपमा रहेको सुकेपोखरी, कुइभीर, पाटेनागी पदमार्गबाट कञ्चनजंगा हिमाल साथै उत्तरी क्षेत्रमा अन्य धेरै हिम श्रृखलाहरुको अवलोकन गर्न सकिने छ ।
गोठ र गोठस्टेको बसाइ पछि तीन दिनमा पुनः मेची लोकमार्गको बाघखोरसम्म पुगेर यात्रा टुंग्याउन सकिने छ ।
ऐतिहासिक रुपमा रहेका पाँचथरको लोहाकील क्षेत्र र इलामको पाटेनागी क्षेत्र वनस्पति र वन्यजन्तुका लागि समेत महत्वपूर्ण स्थान मानिन्छ ।
करिव तीन हजार मिटर उचाइमा रहेका अग्ला पहाडको पदयात्रा रोमान्चक हुने व्यवसायीहरुको भनाइ छ ।
पाटेनागी क्षेत्रमा पदमार्गको निार्मणका लागि गत वर्ष इलाम नगरपालिकाले पाँच लाख रुपैयाँ खर्च गरेपनि गन्तब्यको सोचेजस्तो पहिचान हुन सकेको थिएन् ।
तर, यहाँको कला संस्कृतिसँगै डाँडाकाँडा र यस्तो हुँस्सुसहितको मनोरम प्राकृतिक सौन्दर्यको अवलोकन गर्न पाउनु यस गन्तब्यको बिशेषता हो ।
त्यसैले पनि यस क्षेत्रको पूर्वाधार निर्माणसँगै वातावरणीय र वन्यजन्तु संरक्षणमासमेत ध्यान पु¥याउन सके पक्कै पनि पर्यटन क्षेत्रमा यस पदमार्गले नयाँ गति लिन सक्ने थियो ।
प्रतिक्रिया दिनुहोस्