१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


धापासीमा हत्या गरेको आरोपमा तीनजना समातिए


0
Shares

काठमाडौं, कात्तिक १८ । प्रहरीले कुटपिट गरी हत्या गरेको अभियोगमा तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीले संखुवासभा जिल्ला घर भइ हाल काठमाडौंको टोखा नगरपालिका–५, धापासी बस्नेहरु १९ वर्षीय दोर्जे शेर्पा, २६ वर्षीय ‘डेढे’ भनिने राम श्रेष्ठ र रवि थापालाई पक्राउ गरेको हो ।

उनीहरुले धापसीस्थित देवी मन्दिर परिसरमा गोरखा, अजिरकोट गाउँपालिका–६, शिव मन्दिरका २४ वर्षीय आशिष मगरलाई कुटपिट गरी छातीमा धारिलो हतियार प्रहार गरेर घाइते बनाइ फरार भएका थिए । घाइतेको उपचारको क्रममा मृत्यु भएको थियो ।

पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख रोशन खड्काले जानकारी दिनुभयो ।