
चितवन, कात्तिक १८ । राम अयोध्या धाम बनाउने उद्देश्यले चितवनको माडीमा ‘नेपाली रामचरितमानस’ सुन्दरकान्डको एक दिवसीय सांगीतिक पाठपारायण सम्पन्न भएको छ ।
अयोध्या अध्ययन, अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवं अध्ययन मन्डल अमेरिकाको संयुक्त आयोजनामा माडीको साविक अयोध्यापुरी गणेशकुञ्जमा मंगलबार ‘नेपाली रामचरितमानस’ सुन्दरकान्डको सांगीतिक पाठपारायण गरिएको हो ।
१६औं शताब्दीमा गोस्वामी तुल्सीदासद्वारा अवधि भाषामा लिखित हिन्दुहरुको ग्रन्थ श्री रामचरितमानस पुस्तकलाई तुल्सीराम शर्माले नेपालीमा सम शैली र सम छन्दमा जस्ताको तस्तै पद्य अनुवाद गर्नुभएको हो ।
सांगीतिक कार्यक्रमको उद्घाटन गर्दै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले धार्मिक सहिष्णुताको विकास र कला–संस्कृतिको संरक्षण गर्नमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको लिखित शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्