
बागलुङ, कात्तिक १८ । अर्थ मन्त्रालयले बागलुङका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख रुपैयाँ बजेट निकासा गरेको छ ।
स्थानीय तहमा भएको स्वास्थ्य संस्था स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरिएको हो ।
जिल्लाका बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा रहेका पाँच स्वास्थ्य संस्था स्तरोन्नति गरी अस्पताल निर्माण गर्नका लागि उक्त रकम विनियोजन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले जनाएको छ ।
बागलुङका पाँच स्थानीय तहमा पाँचदेखि १५ शय्याको अस्पताल बनाउन अर्थ मन्त्रालयले बजेट स्वीकृत गरी निकासा गरी पठाइसकेको महाशाखाका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।
बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहमा अस्पतालको मापदन्डसमेत पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्