२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


नेपालमा थप ३,११४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक १८ । पछिल्लो २४ घन्टामा देशभर तीन हजार ११४ जना कोरोना संक्रमित थपिएका छन् ।

यस अवधिमा काठमाडौं उपत्यकामा मात्र एक हजार ४६८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौंमा एक हजार २४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या एक लाख ७९ हजार ६१४ पुगेको छ ।

थप २० जनाको मृत्यु
पछिल्लो २४ घन्टामा देशभर कोरोनाबाट २० जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ४ पुगेको छ ।

थप ३,१४२ ‘डिस्चार्ज’
पछिल्लो २४ घन्टामा तीन हजार १४२ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या एक लाख ४१ हजार १३४ पुगेको छ ।

हाल देशभर ३७ हजार ४७६ जना ‘आइसोलेसन’मा रहेका छन् ।

पछिल्लो २४ घन्टामा ११ हजार १६६ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।