१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओखर बेचेर वार्षिक दुई लाखसम्म आम्दानी


13
Shares

डडेल्धुरा, कात्तिक १८ । जंगली जनावरको आतंकबाट खेती गर्न नपाएपछि सडकमा व्यवसाय गर्दै आएका डडेल्धुराका स्थानीयले मनग्य आम्दानी गर्न थालेका छन् ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला छुट्ट्याउने मुख्य चोकको रुपमा रहेको स्याउलेबजारका फुटपाथमा ओखर, दालतिउन, मिश्रि, टिमुर, फलफूल तथा मौसमी कृषिउपज बिक्री गरेर परिवार पाल्न थालेका हुन् ।

स्याउलेबजारका ओखर व्यवसायी दार्चुलाबाट ओखर आयात गरी डडेल्धुराको फुटपाथबाट लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

पहाडी जिल्ला बैतडी, दार्चुला र डडेल्धुराका विभिन्न स्थानमा उत्पादित ओखर स्याउलेबजारका व्यापारीहरुले प्रतिकिलो ६०० देखि ८०० रुपैयाँसम्ममा ओखर बेचेर वर्षेनि एक लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।

तर, कोरोना महामारीको प्रभावले अन्य वर्षको तुलनामा यस वर्ष ओखरको खासै व्यापार नभएको व्यापारी बताउँछन् ।