१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्वास्थ्य मन्त्रालयलाई ‘पीपीई’ हस्तान्तरण


0
Shares

काठमाडौं, कात्तिक १८ । एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ ।

एक्सन ऐड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ ।

हस्तान्तरण कार्यक्रममा कार्यकारी निर्देशक माथेमाले समाजकल्याण परिषद् र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा नौ हजार ४५७ सेट ‘पीपीई’ उपलब्ध गराइएको बताउनुभयो ।

जसको मूल्य करिब एक करोड ६२ लाख रुपैयाँ रहेको पनि उहाँले बताउनुभयो ।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि पीपीई सेट अनिवार्य भएकाले आफूहरुले मन्त्रालयमार्फत् सहयोग गरेको उहाँले बताउनुभयो ।

संक्रमणको दर उच्च भएका क्षेत्रमा आफूहरुले उपलब्ध गराएको पीपीई सेट प्रयोग हुने विश्वाससमेत कार्यकारी निर्देशक माथेमाले व्यक्त गर्नुभयो ।

एक्सन ऐडले नेपालमा झन्डै ३९ वर्षदेखि काम गर्दै आएको छ ।