१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचन मंसिर २७ मा


0
Shares

काठमाडौं । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन आगामी मंसिर २७ गते हुने भएको छ ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेर निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।

कार्यालयले निर्वाचन प्रयोजनका लागि कात्तिक २५ गतेदेखि निर्वाचन नसकिँदासम्म कर्मचारीको सरूवा वा काजमा पठाउन नपाइने नियम बनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता लागू गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयदेखि सबै मन्त्रालयलाई आग्रह गरेको छ ।

मंसिर १० गते मतदाता नामावली प्रकाशन हुने कार्यालयको सूचनामा उल्लेख छ । यस्तै १४ गते उम्मेदवारी दर्ता, मंसिर १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र मंसिर २७ गते शनिबार बिहान ९ देखि ५ बजेसम्म मतदान हुने तालिका तय भएके छ ।

विभिन्न पार्टी निकट कर्मचारीहरूबीच संघीय निजामति कर्मचारी ऐन आएपछि ट्रेड युनियनको निर्वाचन गर्ने र नआउँदै गर्ने भन्नेमा मतभिन्नता छ ।

तत्कालिन माओवादी निकट कर्मचारी संगठनबाहेक अन्य सबै संगठन केही पदाधिकारी तत्काल अधिवेशन गर्नुपर्छ भन्ने पक्षमा छन् ।

केही भने ऐन आएपछि गर्नु पर्छ भन्ने पक्षमा रहेकाले महाधिवेशन हुने र नहुनेमा अझै द्विविधा छ । अझ अर्थ मन्त्रालयले निर्वाचनका लागि बजेट छुट्टाएको छैन ।

सरकारले ट्रेड युनियनको निर्वाचन गर्न कानुनका सहसचिव कलानिधि पौड्यालको सयोजकत्वमा निर्वाचन समिति बनाएको छ ।