
काठमाडौं । कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा राप्ती नगरपालिका–१० बस्ने ३९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।
श्वासप्रश्वाशमा समस्या भएपछि कात्तिक १५ गतेदेखि उनको आइसीयुमा उपचार गर्ने क्रममा आज मृत्यु भएको हो ।
यस्तै गुल्मीको गुल्मीदरबार गाउँपालिका–६ का ८५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्