२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन, तीनजना पक्राउ


0
Shares

वासिङ्टन, कात्तिक १९ । राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् ।

तीमध्ये वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गरेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुसँगै अरु सयौंले प्रदर्शन गरेका थिए ।

शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई पनि प्रहरीले पक्राउ गरेको भन्दै अधिकारवादी, उदारवादी तथा प्रदर्शनका समर्थकहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले प्रदर्शन गर्दा सडकसमेत अवरुद्ध भएको थियो ।

प्रदर्शनकारीहरुले ‘हामी न्याय पाउँदैनौं भने उनीहरुले शान्ति पाउँदैनन्’ भन्ने नारा लगाएका थिए ।